२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

२०७७, ३ फाल्गुन सोमबार ०२:०८

फागुन ३, काठमाडौँ | कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । 

केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ । भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए । उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल भन्छन्– ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन ।

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु एस जिन नेगेटिभ आएकाले नयाँ प्रजातिको भाइरसको आशंका गरिएको भए पनि निश्चित भइसकेको छैन । आशंका गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।’भेरियन्ट प्रजातिको नयाँ भाइरस हो होइन भन्ने पहिचान गर्नका लागि ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो परीक्षण अहिले नेपालमा शुरु भइनसकेको र एक सातापछि शुरु हुने डा. पौडेल बताउँछन् ।

आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् ।बेलायतमा पछिल्लो समय देखापरेका नयाँ भेरियन्ट कोरोना भाइरसको दाँजोमा ७० प्रतिशत छिटो फैलने गरेको छ र यो अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

- आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस