२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलभित्रै हत्या गर्ने एमाले कार्यकर्तालाई राष्ट्रपतिबाट माफी, परिवारले पुनः मुद्दा लड्ने

२०७७, १० फाल्गुन सोमबार ०२:२६

फागुन १०, काठमाडौँ | 'मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।  

‘मान्छे मारेर जेल परेका र फेरी जेल भित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन्। राज्यको संरक्षणमा राखीएका पौडेलका हत्यारा सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायकालागि फेरि लड्ने बताएकी छन्।  

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन। चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए। थुनछेक बहसकालागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला चक्कु, खन्ति, चापाकलको झाप,रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरियो। पौडेललाई पुष २ गते मृत घोषणा गरियो।  

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो। सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए। उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए। पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो। तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन्। श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन्।  

- आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त