२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शवदाह गृह बिग्रिँदा…

२९ बैशाख २०७८, बुधबार ०२:१५

वैशाख २९, काठमाडौँ | काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको थियो। तर, दुइटा मेसिनले मात्रै धान्न नसकेपछि बागमती खोला किनारमा पनि ३० वटा चिता बनाएर शव जलाउन सुरु गरिएको छ। शवदाह गृहको एउटा मेसिन बिग्रिएर थन्किएको छ। उक्त मेसिन मर्मतका क्रममा रहेको जनाइएको छ। 

पशुपति क्षेत्र विकास कोषअन्तर्गत शवदाह गृहका प्रमुख सुवास कार्कीका अनुसार कोरोना संक्रमित शवलाई निःशुल्क रूपमा विद्युतीयमा जलाउने गरिन्छ। प्रक्रिया पुर्‍याएर आएका सबै शव जलाउने गरिएको कार्कीको भनाइ छ। 

दैनिक ७५–८० वटा शव आउँदा मेसिनले मात्रै धान्दैन। एउटा शव जलाउन करिब डेढ घण्टा लाग्छ। शव एकैचोटी ५–६ देखि १५ वटा आउने गर्छ। त्यहाँमाथि भएन तीन–चारवटा गाडी एकैचोटी आउँछ’, कार्कीले भने, ‘हामीले व्यवस्थापन त गर्नुपर्‍यो अरू चिता बनाएर। अस्ति ८२ वटा शव आएका थिए हिजो ७५ वटा आए। आज करिब ७९ वटाका लागि खबर आइसक्यो। यत्रो शव दुइटा मेसिनले मात्रै कसरी जलाउन सक्नू ?’ 

उनका अनुसार शव बाहिर जलाउँदा पनि पूरै सावधानी अपनाउनुपर्छ। ‘दाउरा र मेसिन दुवै ठाउँमा स्वास्थ्य मापदण्डअनुसार नै शव जलाउने काम हामीले गरिरहेका छौं’, उनले भने, ‘हामीले जति आउँछन् शव तिनलाई सकेसम्म जलाउने काम नै गरेका छौं। हाम्रो चाहना शवको संख्या नबढोस् भन्ने हो। आएकोलाई त दाहसंस्कार गर्नै पर्‍यो।’

संक्रमितको शव दाहसंस्कारमा आवश्यक सामग्री आफूहरूले उपलब्ध गराउँदै आएको उनले सुनाए। ‘हामीले कसैबाट रकम लिएका छैनौं। कोभिड–१९ भन्दा बाहेक मृत्यु भएर आएका शवको दाहसंस्कारको नियमानुसार लाग्ने खर्च त लाग्ने नै भयो’, उनले भने। 

उनका अनुसार सेनाले शव ल्याएर हस्तान्तरण गर्छ। ‘त्यसको सबै व्यवस्थापन हामीले नै गर्छौं। सेना र हामी मिलेर नै काम गरिरहेका छौं। सेनाको हेल्प डेस्क पनि छ। जलाउनेदेखि यहाँको व्यवस्थापन हामीले गर्छौं। उहाँहरूले ल्याएर चितासम्म राखिदिनुहुन्छ’, उनले भने, ‘जनशक्ति चाहियो भने उहाँहरू पनि सहयोग गर्नुहुन्छ। चिता बनाउनेदेखि जलाउने काम हाम्रो मानिसले गर्छन्। भ्याएनन् भने मात्रै सेनाले सहयोग गर्छन्। अहिले मसहित ३५ जना जनशक्ति खटिएका छौं शव जलाउनकै लागि।’ 

उनले आर्यघाटमा शव जलाउँदा संक्रमण नफैलने बताए। अरू शव जलाउँदा वातावरणमा जति असर पर्छ कोरोना सक्रमितको जलाउँदा पनि उही असर पर्ने उनको भनाइ छ। ‘जसरी पनि सुरक्षाका सामग्री अपनाएर काम गर्नुपर्‍यो’, उनले भने।

कोभिड सङ्क्रमणका कारण विभिन्न ठाउँमा मृत्यु भएका सर्वसाधारण दाह संस्कारका लागि पशुपतिस्थित विद्युतीय शव दाहगृहमा ल्याइँदै सुरक्षाकर्मी । तस्वीरः रत्न श्रेष्ठ/रासस

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका पूर्वडिन जगदीश अग्रवालका अनुसार कोरोना सक्रमितको मृत शरीरबाट पनि संक्रमण हुनसक्छ। ‘मृत शरीरबाट निस्किएका बढी फ्लु, र्‍याल, सिगान, थुकका छिटालगायत लुगा कपडाबाट पनि कोरोना अर्को व्यक्तिलाई सर्न सक्छ’, अग्रवालले भने। 

- यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो