२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

२९ जेष्ठ २०७८, शनिबार ०२:२५

जेठ २९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।  

शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो। प्रधानमन्त्री ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको शैक्षिक हब बनाउने धारणा राख्दै देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरी शिक्षा नीतिनियम बनाउन आयोगलाई निर्देशन दिई बैठकबाट बाहिरिएका थिए।

त्यसपछि आयोगका सहअध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले चार नम्बर बुँदामा छलफल गर्दै सम्बन्धनको विषयलाई प्राथमिकता दिएको आयोग सदस्य एवं निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्दिन अन्सारीले बताए। उनका अनुसार बिहान ११ बजेदेखि साढे २ बजेसम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण मिलाउन नियमन प्रक्रिया पुगेका कलेजहरूलाई सम्बन्धन दिनबाट रोक्न नहुने धारणा राखेका थिए। त्यही आधारमा शिक्षामन्त्रीले आयोगका सदस्यहरूलाई सम्बन्धनको कानुनी प्रक्रिया पूरा भएनभएको अध्ययन गरी निर्णय गर्ने निर्देशन दिएका हुन् ।

- यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो