२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियारको काम निष्पक्ष नभएको सर्वोच्चको ठहर

३० जेष्ठ २०७८, आईतवार ०१:४४

जेठ ३०, काठमाडौँ | सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन-पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो ।

इजलासले योग्यता पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै भ्रष्टाचारको मुद्दा लाग्ने गरेको तथा आयोगमा पदाधिकारी तथा कर्मचारी नियुक्ति प्रक्रियामा नै संशय पैदा हुने गरेका कारण आयोग निष्पक्ष भएको उल्लेख गरेको छ ।

अख्तियार आफैले घुस रकम दिई सार्वजनिक निकायमा कार्यरत व्यक्तिलाई पक्राउ गर्ने कार्यविरुद्ध दायर भएको रिट निवेदनमाथि भएको अन्तिम आदेशको पूर्ण पाठ तयार गर्ने क्रममा शुक्रबार संवैधानिक इजलासले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको हो । सो विषयमा इजलासले गत वैशाख ८ गते रिट जारी हुनेगरी आदेश गरेको थियो । सर्वोच्च अदालतले आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको चाहिने योग्यता नभई सो पदमा नियुक्त गरिएको उल्लेख गर्दै २०७३ सालमा उहाँलाई पद मुक्त गर्न आदेश दिएको थियो । 

यसैगरी,आयोगकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र आयुक्त राजनारायण पाठकलाई अख्तियारबाट नै भ्रष्टाचारमा मुद्दा दायर गरिएको छ । केही कर्मचारी पनि घुस काण्डमा फसेका छन् । आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्त हुँदा पनि रकमको चलखेल  हुने गरेको, आफन्तलाई छान्ने गरिएको जस्ता आरोप लाग्दै आएको छ । संवैधानिक इजलासको आदेशमा भनिएको छ–‘यस अवस्थामा आयोगले संवैधानिक हैसियत प्राप्त गरेको छ भन्ने आधारमा नै निष्पक्षताको प्रत्याभूति सुनिश्चित भएको छ भनी मानियो भने यो वस्तुवादी दृष्टिकोण बन्दैन । निष्पक्षता स्वच्छता व्यवहारिक रूपमा कर्मद्वारा स्थापित हुनु पर्दछ ।’

- यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो