२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनले तत्काललाई नेपाली कामदार नलिने

२०७८, १ असार मंगलवार ०२:५७

असार १, काठमाडौं | नेपालमा कोरोना भाइरसको दोश्रो लहरको संक्रमण विश्वस्तरमा चर्चा हुने गरी बढेपछि त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगार क्षेत्रले खेप्नु पर्ने देखिएको छ । खाडी मुलुक  बहराइनले नेपाललाई खतराको सूचीमा राख्दै तत्कालका लागि नेपाली कामदार नलिने निर्णय गरेको छ ।

त्यहाँको लेबर मार्केट रेगुलाटरी अथोरिटीले कोरोना संक्रमणको उच्च जोखिम रहेका मुलुकबाट तत्काल कामदार नलिने बतएको छ । बहराइनको कोरोना भाइरसको उच्च जोखिमको लिष्टमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भियतनाम रहेका छन् । 

बहराइनले नेपालीलाई तत्कालका लागि भिसा जारी नगर्ने गरी गरेको यो निर्णयलाई खाडीका अन्य मुलुकहरुले पनि पछ्याउन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले खाडीका देशमा रहेका नेपाली राजदूतहरुले नेपालमा संक्रमणको दर कम हुँदै गएको विषयमा आश्वस्त पार्नु आवश्यक रहेका बताएका छन् ।

यसअघि विश्वका अति व्यस्त विमानस्थलका प्रमुखहरुले कोरोना भाइरस संक्रमणको विस्तार रोक्न कोभिड राहदानीको अवधारणा सार्वजनिक गरेका थिए । उक्त अवधारणा अनुसार कोभिडपछिको समयमा विदेश यात्रा गर्नेको साथमा भिसा रहेको राहदानीसहित खोप लगाएको प्रमाणपत्रको विद्युतीय प्रति देखाउनु पर्नेछ । 

वैदेशिक रोजगारीमा जाने बाध्यतामा रहेका नेपाली कामदारहरु खोपको पहुँचबाट बाहिरै रहेका छन् । पहुँचवालाहरुले मात्र शुरुमा खोप लगाउन होडवाजी भइरहेको अहिलको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरुले सजिलै खोप लगाउन पाउने विषय सहज नदेखिँदा खोप नलगाएकै कारण रोजगारीबाट बञ्चित हुनुपर्ने अवस्था आउने कतिपयको आँकलन छ । 

- यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त