२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

२०७८, २६ असार शनिबार ०१:२५

असार २६, काठमाडौँ | आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत 'जोन्सन एन्ड जोन्सन'को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नेपालका लागि १५ लाख र भुटानका लागि ५ लाख मात्रा खोप पठाउन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि मात्रै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोपमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।

कोरोनाविरुद्ध बनेका अन्य खोपहरू दुई मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ । नेपालमा हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्युटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

- यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस