२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्वार्कोमा चार लेनको फ्लाइओभर, दुई बर्षमा बन्ने

२९ असार २०७८, मंगलवार ०२:१४

असार २९, काठमाडौँ | काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । 

चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो ।

अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले बनाउनेछन् । विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सोमवार ठेक्का निकालेको हो ।

फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारण खालको ३५ मीटरको पुल बनाउने भएको र त्यसका लागि नेपाली कम्पनीहरू नै सक्षम भएकाले यस्तो ठेक्का निकालिएको केन्द्रका निर्देशक डा.विजय जैशीले जानकारी दिए । योजना, डिजाइनदेखि निर्माण सम्पन्न अर्थात् इन्जिनीयरिङ प्रक्युरमेन्न्ट कन्स्ट्रक्शन (ईपीसी) ढाँचामा निर्माण गरिने उक्त फ्लाइओभर ठेक्का पाउने कम्पनीले उक्त अवधिभित्र बनाइसक्नुपर्नेछ ।

- यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो