२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकप्टर उद्धारको झन्झटिलो प्रक्रिया, प्रक्रिया पूरा गर्दागर्दै सुत्केरीको मृत्यु

११ भाद्र २०७८, शुक्रबार ०२:५८

भदौ ११,  काठमाडौं । उद्धार गर्ने झन्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा सुत्केरीको मृत्यु भएको छ। सडक सञ्जालले नजोडिएको सो गाउँमा हेलिकप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यु भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन्।

चुमनुब्री–६ कोम्बाकी २५ वर्षीया हिसे डोमाको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको हो। ‘बच्चा त बुधबार राति १२ बजे नै जन्मिएको रहेछ। सालनाल नझरेपछि मृत्यु भएको हो,’ उनले भनिन्, ‘उद्धार गर्न हेलिकप्टर ल्याण्ड गर्नु र मान्छे मरिसक्यो भनेर फोन आउनु एकै चोटी भयो।’ सो गाउँमा बाक्लो हुस्सुका कारण हेलिकप्टर अर्को गाउँ चुम्लिङमा बसेको थियो। 

सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले हेलिकप्टर पठाएको थियो। बिहीबार बिहानैदेखि हेलिकप्टरका लागि प्रक्रिया थालिएको थियो। तर, दिउँसो ३ बजेसम्म पनि उपलब्ध हुन सकेन। पर्खदापर्खंदै महिलाको मृत्यु भयो। हेलिकप्टरका लागि स्वास्थ्यचौकीले स्वास्थ्य शाखालाई, स्वास्थ्य शाखाले गाउँपालिकालाई, गाउँपालिकाले जिल्ला प्रशासनलाई र जिल्ला प्रशासनले महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन्। 

‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला’, उनले भनिन्, ‘सबै निकायबाट जतिसक्दो चाँडो प्रयास त गरेकै हौं।’हेलिकप्टरमार्फत उद्धार गरिदिन आफूलाई साढे १२ बजे खबर आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए। गाउँपालिकाबाट प्रशासन कार्यालयमा सवा १ बजे खबर प्राप्त भएको कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए। ‘मैले सबै प्रक्रिया पूरा गरी महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दा २ बजेको थियो’, रोकाले भने।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो