२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो, खोप लगाउने १५.४ प्रतिशत

२०७८, १७ भाद्र बिहीबार ०२:५५

भदौ १७, काठमाडौँ | देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् ।

गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले अघि बढेको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि खोप लगाउने कार्यले झनै तीव्रता पाएको छ । कोरोना भाइरस र कोरोनाविरुद्धको खोप दुवै नयाँ भएकाले सुरु–सुरुमा स्वास्थ्यकर्मीहरूले समेत खोप लगाउन आनाकानी गरेका थिए । स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिलेसमेत खोपबाट प्यारालाइसिस हुने, विभिन्न किसिमका रोग लाग्ने भन्दै खोप लगाउन मानेका थिएनन् ।

नेपालमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न मात्र ल्याइएको हो भन्दै कतिपयले खोपलाई बहिष्कार गरेका थिए तर विस्तारै खोपले मात्र कोरोनालाई परास्त गर्नसकिने प्रमाणहरू आएपछि मानिसले खोप लगाउन सुरु गरेका हुन् । अहिले खोप केन्द्रहरूमा खोप लगाउने मानिसको लामो लाम लाग्ने गरेको छ ।

तत्कालीन खोप शाखा प्रमुख डा. झलक गौतमले सुरुसुरुमा नर्स, डाक्टरहरूले समेत खोपप्रति आशङ्का व्यक्त गरेर खोप नलगाएको जानकारी दिनुभयो । विस्तारै सरकारले खोपबारे गलत भ्रमलाई चिर्दै खोपले मात्र कोरोनाविरुद्ध काम गर्नसक्छ भन्ने भावना ल्याएको जानकारी उनले दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस