२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी, कतार र मलेसिया नेपाली युवाका लागि असुरक्षित

२४ भाद्र २०७८, बिहीबार ०१:३७

भदौ २४, काठमाडौँ | नेपाली युवाहरुका लागि साउदी अरब, कतार र मलेसिया असुरक्षित देश रहेको पाइएको छ । एक आर्थिक वर्षमा मलेसिया र खाडी राष्ट्र साउदी अरब र कतारमा आठ सय ८० जना नेपाली युवाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा साउदी अरबमा तीन सय ६२ जना (महिला दुई जना), मलेसियामा दुई सय ८० जना (महिला एक जना) र कतारमा दुई सय ३९ जना (महिला दुई जना) युवाहरुले ज्यान गुमाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा एक हजार दुई सय ४२ जना (महिला २९ जना) युवाले विदेशमा ज्यान गुमाएको मध्ये करिब ९० प्रतिशत युवाले मलेसिया र खाडीका छ राष्ट्रमा ज्यान गुमाउने गरेका छन् । 

आर्थिक वर्ष २०७७/०७८ मा संयुक्त अरब इमिरेटस (यूएई)मा दुई सय आठ जना (महिला १२ जना), कुवेतमा ५५ जना (महिला तीन जना), बहराइनमा ३१ जना (महिला दुई जना) र ओमानमा सात जना युवाले ज्यान गुमाएका छन् ।

मलेसिया र खाडी मुलुक आप्रवासी कामदारको लागि जोखिम मुलुकको रुपमा छन् । ती मुलुकहरुमा कार्यस्थल सुरक्षित तथा व्यवस्थित नहुँदा समेत नेपालीहरुले अकालमा ज्यान गुमाउनु परेको छ ।

आप्रवासी श्रमिकहरुलाई लिएर अपर्याप्त कानुन र कानुन कार्यान्वयन नहुँदा उनीहरु समस्यामा पर्ने गरेका छन् । यसको मारमा नेपाली युवा(कामदार)हरु पनि पर्छन् । अर्कोतर्फ नेपाली युवाहरु मलेसिया र खाडी छ राष्ट्रहरुमा असुरक्षित समेत रहँदै आएका छन् । एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनअनुरुप कतारमा आप्रवासी कामदारको मृत्यु भएको खण्डमा उचित कानुनी उपचार समेत नहुने गरेको उल्लेख गरेको छ । 

- यो समाचार आजको आर्थिक दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो