२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय

२७ भाद्र २०७८, आईतवार ०१:०१

भदौ २७, काठमाडौँ | सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्क ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो ।

यसअघि यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छूट दिने गरिएको थियो । नेपालमै मोटरसाइकल एसेम्बलिङ गरिरहेको हंसराज हुलासचन्द एन्ड कम्पनी र शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले विशेष छूट पाएका छन् । नेपालमा थप एसेम्बिलिङ उद्योग खोल्ने वातावरण बनेको छ । हाल नेपालमा हंसराजले बजाज र जगदम्बाले टीभीएसका मोटरसाइकल एसेम्बलिङ गरिरहेको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नयाँ व्यवस्थाले सकारात्मक प्रभाव पार्ने बताए । ‘ठूलो लगानी गरेर जोखिम मोलेर उत्पादन गरिरहेका थियौं तर खतरा त्यति नै थियो,’ उनले भने, ‘नयाँ व्यवस्थाले सहजीकरण गरेको छ ।’ उनले नयाँ व्यवस्थासँगै अबको केही समयमै नेपालमै उत्पादन भएका टीभीएसको मोटरसाइकलमा ग्राहकले केही सस्तो मूल्यमा पाउने वातावरण बनेको बताए । ‘ग्राहकले मूल्यमा पनि केही सहुलियत पाउनेछन्,’ उनले भने ।


अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगमा दिएको छूटले नेपालमा थप उद्योग खुल्ने वातावरण बनेको बताए ।

‘यसले देशभर एकदमै सकारात्मक लहर ल्याउँछ,’ उनले भने, ‘सबै ब्रान्डका एसेम्बलिङ उद्योग खुल्छन् ।’ प्रभावकारी रूपमा कार्यान्वयन भएमा एसेम्बलिङ उद्योगसँगै पाटायर उद्योग पनि खुल्ने भएकाले यसले औद्योगिक लहर ल्याउने उनको विश्वास छ । 

- यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो