२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतको सेटिङ नमिलेपछि दर्जनौं नेपाली महिलाहरु दुबईमै, जिउडाल हेर्दै मोल तोकिन्छ

२०७८, २४ आश्विन आईतवार ०२:५८

असोज २४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुर्याउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पुर्याईएका हुन् । खासगरी कुवेत पठाउने भन्दै  दुवई ल्याइएका महिलाहरु सेटिंग भत्किए पछि यहिं अलपत्र पर्न थालेका हुन् ।

खाडी मुलुकमा घरेलु काममा अत्यधिक शोषणा रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता सरकारले  घरेलु कामको वर्गमा  जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन । 

तर, कुवेत लगायतका देशमा घरेलु कामदारको माग अत्यधिक बढेपछि मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला कामदारहरूलाई व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिसामा अवैधानिक रूपमा तेस्रो मुलुक हुँदै यूएईका विभित्र शहरमा लैजाने गरेको बताइएको छ । हाल यूएईमा थुप्रिएका महिलाहरलाई पनि भिजिट भिसा र तेस्रो  मुलुकका विमानस्थल हुदै लगिएको बुझिएको छ ।

विगतमा मानव तस्करीमा संलग्न गिरोहले श्रीलंका हुँदै लैजाने गरेकोमा पछिल्लोपटक भिजिट भिसामा सिधै या थाईल्याण्ड लगायतका देश हुँदै यूएई पुराउने गरेको श्रोतको भनाइ छ । 


दलाल तथा मानव तस्करीमा सम्लग्न गिरोहले नेपाली महिला र किशोरीलाई  यूएईमा ल्याएर यहाँबाट कुवेत, किर्गिस्तान, इराक, ओमान लगायतका देशमा पठाएको प्रहरीले बताउदै आएको छ । 

मानव वेचविखन मुद्दामा पक्राउ परेका अभियुक्तहरूले बयानका क्रममा यूएईमा पुर्‍याएपछि कुवेत लगायतका देशमा उनीहरूको फोटो पठाउने र आकर्षक जिउडाल भएका महिलाहरूको लागि दस लाख रूपैयाँ सम्म खर्च गर्ने गरेको बताईएको छ ।

- सुरेन भुजेलले मध्यान्ह राष्ट्रिय दैनिकमा समाचार लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त