२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

१५ कार्तिक २०७८, सोमबार ०२:२९

कात्तिक १५, काठमाडौँ | कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्। चुच्चे नक्सामा दार्चुलाका लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएपछि ती क्षेत्रका गाउँमा कसरी जनगणना गर्ने भन्ने अन्योलता थियो।

भण्डारीका अनुसार ब्यास क्षेत्रका ब्यासीसौका सपरिवार कात्तिकपछि जाडो छल्न कुटी, नाभी, गुन्जी, तिंकर, छाङ्रुबाट दार्चुलाको खलंगा, बांगाबगर, जोलजीवी, लेकम, दुम्लिन–राप्ला, सितौला, देथला, धुलीगडा, असिगडा झर्ने गर्छन्। उनीहरू बेंसी झरेको स्थानमा टोली पठाएर जनगणना गर्न सकिने भण्डारी बताउँछन्।

बसाइँ सर्नुलाई उनीहरू ‘कुन्चा’ जानु भन्दछन्। गर्मी सुरु भएपछि अर्थात् चैतको सुरुमै उनीहरू ब्यास (घर) फर्कछन्। यसरी ब्यास फर्कनुलाई ‘सौकेडा’ फर्कनु भन्छन्। भण्डारीका अनुसार सदरमुकाम दार्चुला, बाँगाबगर, जोलजीवी, लेकमलगायतका ठाउँबाट ब्यास समुदायको लगत लिनुपर्ने हुन्छ। ‘दार्चुलाको ब्यासमा मात्र होइन, मनाङ, मुस्ताङका थकाली समुदाय पनि हिउँदमा पोखरा र म्याग्दीतिर बसाइँ सर्छन्।

केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले भारतद्वारा अतिक्रमित क्षेत्रको जनगणनाका लागि परराष्ट्र मन्त्रालयमा पत्रमार्फत अनुरोध गरिएको बताए। तर, केही जवाफ नआएको उनको भनाइ छ। उनले भने, ‘भौतिक उपस्थितिमा भने असम्भव छ तर पनि कुनै उपाय लगाएर जनगणना गर्नेबारे विभागले सोच बनाएको छ।’

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो