२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता

१५ कार्तिक २०७८, सोमबार ०२:५८

कात्तिक १५, काठमाडौँ | संसद्को  पछिल्लो  अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद्  अधिवेशन  कात्तिक  १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति  जारी गर्दै एमसीसी अनुमोदन नै नगरी अधिवेशन अन्त्य  हुनुले  नेपालका  दसौँ  लाख  घरपरिवारले  एमसीसीबाट पाउने सुविधामा थप ढिलाइ हुन पुग्ने बताएको छ । एमसीसीले सम्झौता अगाडि बढाउने/नबढाउने निर्णय नेपालमै  निर्भर रहेको उल्लेख गरेको छ । गत सेप्टेम्बर महिनामा सम्झौता अगाडि बढाउन एमसीसीका उच्च पदस्थ पदाधिकारी नेपाल भ्रमण गरेका थिए ।

उक्त भ्रमणलाई स्मरण गर्दै एमसीसीले सहयोगबारे थप प्रस्ट्याएको उल्लेख गरेको छ । विज्ञप्तिमा गठबन्धनका नेताहरूले अनुमोदनका लागि आवश्यक कदम बुझेको र  नेपालको कानुनअनुसार आवश्यक रहेको समेत उल्लेख गरिएको छ । संसद् अधिवेशन अन्त्य भएकै दिन एमसीसी मुख्यालयले विज्ञप्ति जारी गरेको हो ।

अमेरिका र नेपालबीचको विगत ७० वर्षको साझेदारी साझा मूल्य मान्यता, लोकतान्त्रिक विचार र विश्वासमा आधारित रहेको एमसीसीले जनाएको छ । उक्त मान्यता बमोजिम नै अत्यन्तै खाँचो रहेको समयमा सन् २०१५ को भूकम्प र त्यसपछि कोरोना महामारीका बेला अमेरिकाले सहयोग गर्दै आएको जनाएको छ ।

एमसीसी  सम्झौता बमोजिम  अमेरिकाले  नेपाललाई  पचास  करोड  अमेरिकी  डलर  अनुदान उपलब्ध गराउनेछ तर संसदबाट सम्झौता अनुमोदनमा भएको ढिलाइले दुई करोड ३० लाख नेपालीको भरपर्दो ऊर्जा र सुरक्षित सडकमा पहुँच पु-याउने  महत्वपूर्ण सहयोग जोखिममा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो