२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाधिवेशन खर्च कसरी जुटाउँदैछ एमाले ?

१८ कार्तिक २०७८, बिहीबार ०१:४४

कात्तिक १८, काठमाडौँ | एमालेले आगामी महाधिवेशनको खर्चको लागि चन्दा नउठाउने भएको छ। एमाले सचिव योगेश भट्टराईले महाधिवेशनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान नगरेको बताए। केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन गर्न नपाइने उनले बताए।

उनले स्थानीय रुपमा महाधिवेशनमा आउने लाग्ने यातायात खर्च पनि केन्द्रको अनुमतिमा मात्रै उठाउन पाइने बताए। ‘स्वेच्छिकरुपमा सम्बन्धित  तहले  व्यवस्थापन गर्नुपर्छ, यसको लागि केन्द्रको अनुमति लिनुपर्छ,’ उनले भने। 

उनले सदस्यता र नवीकरण नै एमालेको खर्चको स्रोत भएको बताए।  केन्द्रीय सदस्य तथा केन्द्रीय निकायमा स्वतः हुने  प्रतिनिधिबाट ३ हजार र निर्वाचन प्रतिनिधिबाट २ हजार उठाइने छ।  एमालेमा १९९९ प्रतिनिधि महाधिवेशनका लागि छनौट हुनेछन्। जसमा ६६२ स्वत प्रतिनिधि हुनेछन् बाँकी निर्वाचित भएर आउने छन्। 

सचिव भट्टराईले एमालेको लेखा प्रणाली सबैभन्दा पारदर्शी भएको दाबी गरे। झण्डै साढे ७ लाख संगठित सदस्यबाट एमालेले नियमित लेबी संकलन गर्ने गरेको छ। आर्थिक व्यवस्थामा एमालेलाई मजबुत पार्टीको रुपमा लिने गरिएको छ। 

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको बेला भने एमाले लेबी संकलन कार्यमा बिग्रिएको थियो। पुन लेबी संकलनलाई व्यवस्थित गर्न एमाले लागेको छ । महाधिवेशनको अधिवेशन खर्चको अनुमान अहिले नगरिसकेको एमाले सचिव भट्टराईले बताए। 

एमालेले  आगामी मंसिर १० गतेदेखि १२ सम्म हुने महाधिवेशनको उद्‍घाटन सत्रमा पाँच जनता उतार्ने घोषणा गरेको छ। यो महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ। यो महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ। 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो