२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाको चुनाव प्रक्रिया पुस १७ देखि

२०७८, २२ मंसिर बुधबार ०४:४६

मंसिर २२, काठमाडौं | निर्वाचन आयोगले रिक्त हुन लागेका राष्ट्रियसभाका एकतिहाइ सदस्यकोे पूर्तिका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक कार्यक्रमअनुसार पुस १७ देखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।राष्ट्रिसभामा चार वर्षे कार्यकाल सकिने २० सांसदका लागि माघ १२ मा निर्वाचन गर्न लागिएको छ। अहिले रिक्त हुन लागेका सांसदमध्ये नेकपा एमालेका ७ जना कांग्रेसका ३,माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका ४,राष्ट्रपतिबाट मनोनित १ जना छन्।

निर्वाचन आयोगले राष्ट्रियसभाका सांसदका लागि मतदाता नामवली प्रकाशन पुस १७ गते गर्नेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय पुस २० गते राखेको छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा राष्ट्रियसभाका सदस्य छनोट हुनेछन्। प्रदेशसभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक राखिएको छ।

उम्मेदवारको मनोनयनको लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय राखिएको छ। त्यसैदिन उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। नामावलीमाथिको दाबी विरोधको उजुरी दिनका लागि पनि १७ गते नै समय तोकिएको छ भने उजुरीउपर छानबिन र कारबाही गर्ने समय पुस १८ र १९ गते तोकिएको छ।

अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम १९ गते नै तोकिएको छ। उमेद्वारको विरोधमा उजुरी लिनका लागि पुस २१ गतेको समय तोकिएको छ भने जाँचबुझ गरी निर्णय गर्ने समय २२ देखि २३ गतेसम्म राखिएको छ।उम्मेदवारको नामावली प्रकाशन गर्ने समय पुस २३ गते राखिएको छ। उमेद्वारले नाम फिर्ता लिने समय पुस २४ गते राखिएको निर्वाचन आयोगले जनाएको छ। उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय पुस २५ गते राखिएको छ। उमेदवारलाई निर्वाचन चिन्ह प्रदान पनि २५ गते नै गरिने आयोगले जनाएको छ।

त्यसपछि माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मतदान केन्द्रमा मतदान गर्नुपर्ने छ।राष्ट्रियसभामा ५९ सदस्य रहेका छन्। राष्ट्रियसभाका सदस्यहरूको पदावधि छ बर्षको रहेको छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई बर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ। जस बामोजिम २०७७ फागुन २१ मा १९ जना सदस्यको पदावधि सकिने भएपछि २०७७ माघ ९ गते निर्वाचन भएको थियो।

संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एकतिहाइको दुई वर्ष,अर्को एकतिहाइको चार बर्ष र बाँकी एक तिहाइको छ बर्षको हुने गरी पदावधि कायम गरिएको थियो। जसबमोजिम पहिलो दुई बर्षको पदावधि सकिएपछि निर्वाचनबाट नयाँ सांसद आइसकेका हुन्। अब आगामी फागुन २१ गते भित्र चार बर्षको पदावधि सकिने सांसदको ठाउँमा नयाँ सांसद आउँनेछन्।

२०७४ फागुन २१ मा राष्ट्रियसभाको पहिलो बैठक बसेको थियो। राष्ट्रियसभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रियसभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरूको पदावधि प्रारम्भ भएको मानिने संवैधानिक व्यवस्था छ।

त्यसरी गणना गर्दा चारबर्ष पुगेका सांसदको पदावधि फागुन २१ मा सकिने भएपछि नयाँ सदस्य ल्याउनका लागि निर्वाचन गर्न लागिएको हो। संविधानको धारा ८६ ९३० र राष्ट्रियसभा नियमावली, २०७५ को नियम २०८ को व्यवस्था अनुसार निर्वाचन गर्न लागिएको छ।

चारवर्षे कार्यकाल रहने सांसदहरूमा नेकपा एमालेका सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, आगमनप्रसाद वान्तवा राई,कविता बोगटी, कोमल वली, नैनाकला ओझा,रामलखन चमार, माओवादी केन्द्रका दीननाथ शर्मा,राष्ट्रियसभा उपाध्यक्षसमेत रहेकी शशीकला दाहाल, खिमबहादुर विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, कांग्रेसका राधेश्याम अधिकारी, तारादेवी भट्ट, दृगनारायण पाण्डेय, नेकपा एकीकृत समाजवादी पार्टीका ठगेन्द्रप्रकाश पुरी,उदया शर्मा पौडेल,शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर र राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारी, रहेका छन्। राष्ट्रियसभाका सांसद चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट दृगनारायण पाण्डेय निर्वाचित भएकोमा उनको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम हुनेछ। नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल