२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षक बढुवाको बाटो खुल्यो, बढुवाको लागि यस्तो छ नयाँ व्यवस्था

३ पुष २०७८, शनिबार ०३:५५

पुस ३, काठमाडौँ | ​सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने शिक्षकले एक सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्तामा बस्नुपर्नेछ । अन्तर्वार्ताको २५ पूर्णाङ्कमध्ये १५ अङ्क अन्तर्वार्ता र १० अङ्क शिक्षण अनुभवलाई प्रदान गरिने व्यवस्था रहेको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले जानकारी दिए ।

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्दा दुई सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्ता सञ्चालन गरिने नियमावलीमा उल्लेख छ । यसअघि २०७३ सालमा मन्त्रिपरिषद्ले पारित गरेको आयोगको १०औँ संशोधनले शिक्षक बढुवाका लागि पनि खुला विज्ञापनमा प्रतिस्पर्धा गर्ने व्यक्तिसरह परीक्षा दिनुपर्ने व्यवस्था गरेको थियो । त्यतिखेर आयोगका पदाधिकारीको आशय लिखित परीक्षा एक सय पूर्णाङ्कको मात्रै हुनेछ भन्ने थियो । तर नियमावलीले खुला सरह भनेपछि दुई सय पूर्णाङ्ककै लिखित परीक्षा सञ्चालन गर्नुपर्ने तर त्यसरी सञ्चालन गर्न व्यावहारिक नहुने देखिएपछि आयोगले नियमावलीको एघारौँ संशोधन तयारी थालेको हो । त्यतिबेलाको तयारीले अहिले पूर्णता पाएको हो । 

- आजको गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य