चालू पूँजी कर्जामा राष्ट्र बैंकको कडाइ

Posted on: 27 Dec, 2021

पुस १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रू कर्जालाई कडाइ गर्ने उद्देश्यसहित मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले आइतवार रू कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै आवश्यक रायसुझाव दिन सरोकारवाला आग्रह पनि गरेको छ । 

विशेषगरी चालू पूँजी कर्जालाई नियन्त्रण तथा व्यवस्थित गर्ने उद्देश्यसहित उक्त मार्गदर्शन लागू गर्न लागिएको हो । बैंकहरूले यस्तो प्रकारको कर्जा आफूखुशी प्रवाह गर्दै आएका छन् । साथै, पछिल्लो समय यस्तो कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्दै गएको छ । फलस्वरूप यसलाई आवश्यक नियन्त्रण गर्न देखिएपछि मागदर्शन नै जारी गर्न लागिएको हो । 

राष्ट्र बैंकका प्रवक्ता डा। गुणकर भट्टले चालू पूँजी कर्जालाई व्यवस्थीत गर्ने गरी मार्गदर्शन बनाएको बताए । ‘बैंकहरूले आफ्नै ढंगले चालू पूँजी कर्जा प्रवाह गर्दै आएका छन् । जुन कर्जा अत्यधिक मात्रामा प्रवाह हुँदै पनि आएको देखिन्छ,’ उनले भने, ‘त्यो अवस्थामा राष्ट्र बैंकले नै यसलाई आवश्यक नियन्त्रण गर्नुपर्ने देखियो ।

त्यसैले चालू पूँजी कर्जामा एकरूपता ल्याउने उद्देश्यसहित पनि यस्तो मार्गदर्शन लागू गर्न लागिएको हो ।’ अब सरोकारबाट आएका सुझावहरूको आधारमा मार्गदर्शनको मस्यौदालाई आवश्यक संशोधन गरेर लागू गरिने उनको भनाइ छ । 

- यो समाचार आर्थिक अभियान दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!