२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !

१३ पुष २०७८, मंगलवार ०३:१०

पुस १३, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको ०७२ सालदेखि कार्यान्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइस्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रले अक्षराङ्कका पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यान्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।  

नयाँ व्यवस्थाअनुसार अब विद्यार्थीको मूल्यांकन कक्षा १ देखि १२ सम्म एकरूपता कायम गरेको उनले जनाए। आठवटा श्रेणीमा वर्गीकृत ग्रेडिङ प्रणालीमा ९० र सो भन्दामाथि अंक प्राप्त गर्नेले स्तरीकृत अंक ४.० प्राप्त गर्नेछन् भने अक्षरमा ए प्लस र उपलब्धिस्तर सर्वोत्तम कायम हुनेछ।

८० र सोभन्दा माथि ९० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत ३।६ र अक्षरमा उपलब्धिस्तर ए प्राप्त गर्नेछन्। यी समूहका विद्यार्थीको उपलब्धिस्तरको व्याख्या अत्युत्तम हुनेछ। ७० र सोभन्दा माथि ८० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक ३.२ र अक्षरमा उपलब्धिस्तर बी प्लस कायम हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्कृष्ट कायम हुनेछ।

६० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक २.८ कायम हुने र अक्षरमा उपलब्धि बी हुनेछ भने उपलब्धिस्तरको व्याख्या उत्तम हुनेछ। ५० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.४ कायम हुने अक्षरमा उपलब्धि सी प्लस र उपलब्धिस्तरको व्याख्या सन्तोषजनक कायम हुनेछ।

४० र सोभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.० हुने अक्षरमा उपलब्धिस्तर सी कायम हुने र उपलब्धिस्तरको व्याख्या ग्राह्य कायम हुनेछ। यसैगरी, ३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धिस्तर डी र उपलब्धिस्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ। 

- यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित