२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी स्वस्थ राख्न सकिन्छ मिर्गौला

२०७८, २६ फाल्गुन बिहीबार ०२:५४

फागुन २६, काठमाडौँ । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार हुनुभयो तर उहाँलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहनुभएकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि मिलेन ।

अहिले तुलसी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलासिस गराइरहनुभएको छ । नियमित डायलासिस धेरै बोझको जिन्दगी हो, तुलसीले भन्नुभयो, “हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस नगराइ बाँच्नै सकिँदैन ।” तुलसीको डायलासिस हप्तामा तीन पटक गर्नुपर्छ । हाल उक्त केन्द्रमा २५ जनाले हप्तामा तीन पटकसम्म नियमित डायलासिस गराइरहेका छन् ।

एक पटक डायलासिस गर्नलाई चारदेखि पाँच घण्टासम्म लाग्दछ । यस्तै रुकुमकी सुनकुमारी श्रीपालीको कथा भिन्नै छ । उहाँको मिर्गौलाले काम नगर्ने पुष्टि २०६८ मा भएको थियो । त्यसपछि नियमित डायलासिसमा रहनुभएकी श्रीपालीको २०७१ साल माघमा शिक्षण अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू