जबकि यतिखेर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान फ्रान्समा निर्मित एअरबस कम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जबकि यतिखेर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान फ्रान्समा निर्मित एअरबस कम्प"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपको आकाशमा नेपाललाई कहिलेसम्म प्रतिबन्ध ?

६ चैत्र २०७८, आईतवार ०५:४०

चैत ६, काठमाडौँ । युरोपको आकाशमा नेपालको राष्ट्रिय ध्वजावाहक विमानले उडान भर्न पाउँदैनन् । यो प्रतिबन्ध सन् २०१३ देखि लगाइएको हो । 

जबकि यतिखेर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान गर्ने सबै विमान फ्रान्समा निर्मित एअरबस कम्पनीका हुन् । त्यहि युरोपमा बनेको विमान किन्न हुने,तर उनीहरुको आकाशमा उडाउन नपाइने लंगडो खालको प्रतिबन्धले नेपालको हवाई र पर्यटन क्षेत्रमा सोझो असर परेको छ ।

पछिल्ला दिन युरोपियन युनियनले लगाएको उक्त प्रतिबन्ध हटाउने बारेमा भएको पहल निकै अगाडि बढेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेले बताएका छन् । जनआस्थासँगको कुराकानीमा उनले भने, ‘उनीहरुले प्रतिबन्ध हटाउनेबारेमा सकारात्मक छौं भनेका छन् ।’

यता नेपालको नागरिक उड्डयनसम्बन्धी नियामक निकायमा रहेको दोहोरो मापदण्डका कारण हवाई सुरक्षामा प्रगति हुन नसकेको इयुको ठहर छ । त्यसैले हालको नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर इजाजत र अनुगमन गर्ने दुई छुट्टै निकाय हुनुपर्ने उसको पहिलो शर्त देखिन्छ ।

तर यता प्राधिकरणका कर्मचारीहरुले अड्डा विभाजन गर्न चाहेका छैनन् । त्यसो नगर्न चेतावनी दिँदै कार्यरत कर्मचारी युनियनहरुले आन्दोलन गरिरहेका छन् । कर्मचारीको समस्या समाधान गर्दै प्राधिकरण टुक्राउने कार्यमा निकै सफलता प्राप्त हुन लागेको पर्यटन मन्त्रालयले बताएको छ ।

सर्प मर्ने,लठ्ठी पनि नभाँचिने उपाय अपनाएर उक्त समस्या समाधान गर्न लागिएको स्रोतको दाबी छ । कर्मचारीहरुले विशेषगरी अवसर र वृत्ति विकासमा असर नपुर्याउन आग्रह गरेकाले सबैको सहयोगमा लगभग समस्या समाधानको नजिक पुग्न लागिएको प्राधिकरणको उच्च स्रोतले पनि स्वीकारेको छ ।

नयाँ उपायस्वरुप विशेषगरी प्राविधिक कर्मचारीहरुलाई अहिले कार्यरत ठाउँमा नै जो जहाँ छ,त्यहि अवस्थामा राख्ने निर्णय प्राधिकरणले गरिसकेको छ । पछिल्लो समयमा कर्मचारी जुन विभाग वा फाँटमा बसेका हुन् उनीहरुलाई त्यहिँ राख्ने र यताउता गर्न नपाइने भनिएपछि अहिले सबैले मौन समर्थन जनाएको बताइन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ