२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाह प्रकरण: उनैले सार्वजनिक गरेको अडिओलाई प्रहरीले बनायो अचुक अस्त्र

२०७८, ९ चैत्र बुधबार ०६:३५

चैत ९, तनहुँ। अभिनेता पूर्णविक्रम शाह (पल) लाई २१ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझायो। प्रहरीको रायसहितको अनुसन्धान पढेपछि सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको छ। दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। 

प्रमाणले घेरिएका पल

प्रहरीले जबर्जस्ती करणी प्रमाणित गर्न परिस्थितिजन्य प्रमाणलाई मुख्य आधार बनाएको देखिन्छ। त्यसो त अदालतमा बुझाएको अभियोग पत्रसँगै पीडित किशोरीको शारीरिक परीक्षण प्रतिवेदन समेत पेस गरिएको छ।

प्रहरीले परिस्थितजन्य प्रमाणलाई नै बलियो बनाएर लगेको छ। जसमा पल शाहले सामाजिक सञ्जालमा पोस्ट गरेको अडिओ र घटनापछि पीडित किशोरीसँग गरेको कुराकानीको अडिओलाई मुख्य प्रमाण बनाइएको छ। जुन अडिओ शाहले नै सामाजिक सञ्जालमा अपलोड समेत गरेका थिए। जहाँ शाहले गलफ्रेन्ड व्बाइफ्रेन्डबीच यस्तो हुनु नर्मल हो भनेर घटनालाई आफैँ पुष्टि गरेका थिए। जुन अडिओ अदालतमा पेस भएको छ। अडिओको सन्दर्भमा शाहले स्वर आफ्नै भएको स्वीकार समेत गरेका छन्।

प्रहरीले घटना भएको स्थान र सम्बन्धित व्यक्तिहरूसँग बयान समेत लिएको छ। उजुरीमा दिएझैँ शाह घटना भएको भनिएको समयमा उपस्थित भएको देखिएको छ। २०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित प्रदीप थापाको घरमा बास बसेका थिए। जहाँ पीडित किशोरी पनि बसेकी थिइन्। घरधनी थापाले भने बास बसेको बताएका छन्। घटनास्थल, घटना मिति, घटनासम्बन्धी व्यक्तिको उपस्थिति देखिनुले परिस्थितिजन्य प्रमाणलाई बलियो बनाएको देखिएको छ।

त्यस्तै रातिको समयमा शाहले किशोरीको मोबाइलमा म्यासेज गरेर कोठामा गएको शाहले बयानमा स्वीकार गरेका छन्।

राति अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदान प्रदान गर्दै ११:४५ बजेतिर हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर किशोरी सुतेको कोठामा गई ढोका धकेली भित्र पसी बियर खान दिइ, फेसवास लिएर म आफ्नो कोठामा गएर सुतेको थिएँ,' शाहको बयानमा उल्लेख छ।

उनले जबर्जस्ती करणी भने अस्वीकार गरेका छन्। तर पीडित बालिकाले यही समयमा आफूलाई विवाह गर्ने आश्वासन देखाएर करकापमा करणी गरेको बयान दिएकी थिइन्। सोही दिन थापाको घरमा अन्य मानिससँग पनि प्रहरीले बयान लिएको छ। त्यो रात थापाको घरमा किशोरीसहित चार जना सुतेका थिए।

प्रहरीले उनीहरू सुतेको खाटको मुचुल्का समेत उठाएको छ। त्योसँगै विभिन्न व्यकिसँग लिएको बयान, किशोरीको उमेर खुल्ने कागजपत्र, मोबाइलको सिडिआरदेखि विभिन्न ११७ वटा कागजपत्र पेस गरिएको छ।

म्यानेजरको बयान अर्को प्रमाण

पल प्रकरणमा उनका म्यानेजर कृष्णप्रसाद जोशी पनि घटना लुकाउने भूमिकामा देखिएका छन्। उनीविरुद्ध पनि शाहको आधा सजाय माग गर्दै मंगलबार अदालतमा मुद्दा दर्ता गरेको छ। शाहलाई खोजी गर्दै गर्दा सामाजिक सञ्जालमा जथाभाबी बोल्न थालेपछि उनी पनि प्रहरीको अनुसन्धानमा तानिएका थिए। त्यसो त जोशीविरुद पनि जाहेरी परेको थियो। म्यानेजर जोशीले घटना लुकाउने काम गरेको देखिन्छ।

घटना लुकाउन किशोरीलाई फकाउनेदेखि दुर्गा अधिकारी भन्नेलाई किशोरीको 'रेक्की' गर्न समेत प्रलोभनमा पार्ने गरेको देखिएको छ। पीडित भनिएकी किशोरीको रेक्की गरेबापत शाहले ५० लाख रुपैयाँ दिने भन्दै जोशीले अधिकारीलाई प्रलोभनमा पारेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

अधिकारीले बयानमा भनेकी छिन्,' कृष्ण जोशीले मलाई तिमीले ऊ कहाँ जान्छे, कोसँग के कस्तो कुरा गर्छे। त्यसको बारेमा नराम्रो खबर बुझेर हामीलाई खबर देऊ तिमीलाई ५० लाख रुपैयाँसम्म पलबाट दिलाइदिन्छु। म्युजिक भिडिओ खेल्ने अवसर दिलाइदिन्छु भनी आश्वासन दिएका थिए,' दुर्गाले भनेकी छिन्।

दुर्गा गत साउनमा २१ दिनसम्म किशोरीसँग बसेकी थिइन्। त्यो समय पनि पीडित किशोरीले आफूलाई पलले करणी गरेको सुनाएको अभियोग पत्रमा उल्लेख छ। अधिकारीले बयानलाई पलका म्यानेजरले समेत सकारेका छन्।

यसले अर्को प्रश्न तेर्साएको छ। गल्ती नै नभको भए यतिका पैसा किन अफर गरे?

घटना बाहिर नआउनका लागि पलले जोशीको तलब दोब्बर गरिदिएको बयान दिएका छन्। सुरुमा मासिक २५ हजार रुपैयाँको तलब पाउने उनलाई घटना लुकाउन भन्दै ५० हजार रुपैयाँ तलब पुर्‍याएका थिए।

'शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरूमा आएपछि शाहले सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नुपर्‍यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर पचास हजार रुपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएकाले…,' जोशीले बयानमा भनेका छन्, 'मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ।'

म्यानेजर जोशीले किशोरी र पलबीच प्रेम सम्बन्ध रहेको आफूलाई थाहा भएको समेत बताएका छन्। तर शाहले म्यानेजरलाई गत साउनतिर जागिरबाट हटाएका थिए। पल शाह र किशोरीबीच सम्बन्ध बाहिर आएपछि पुनः म्यानेजरलाई दोब्बर तलब दिएर ल्याएका थिए। त्यसपछि उनी पनि घटना मिलाउन लागेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह