एजेन्सी। "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी। "/>
२५ मंसिर २०८२, बुधबार
काठमाडौँ - KTM

एलन मस्कले गरे रुसी इन्जिनको तारिफ

१४ चैत्र २०७८, सोमबार ०९:५३

चैत १४, काठमाडौं । एजेन्सी। रुसले अमेरिकालाई रुसी इन्जिनहरू बिक्री नगर्ने निर्णय गरेलगत्तै विश्वका सबैभन्दा धनी अर्बपति एलन मस्कले रुसी इन्जिनको प्रशंसा गर्न थालेका छन् । उनले बोइङ र लोकहिड मार्टिनको संयुक्त यूएलए भेन्चरले रुसमै बनेको आरडी–१८० इन्जिन प्रयोग गर्ने गरेको बताएका छन् ।

तर, टेस्ला कम्पनीका समेत मालिक मस्कले आफ्नो स्पेस एक्सले आफैँले आफ्ना रकेट इन्जिको डिजाइन गर्ने भएकाले रुसी प्रतिबन्धले कुनै असर नपार्ने पनि बताएका छन् । अमेरिकी एरोस्पेस कम्पनीद्वय बोइ ङ र लोकहिड मार्टिनको जोइन्ट भेन्चर यूएलए आफ्नो एटलस भी रकेटको पावरका लागि आरडी–१८० इन्जिनमा निर्भर छ ।

युक्रेनमाथि आक्रमण गरेका कारण आफूमाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको प्रत्युत्तरमा रुसले अमेरिकालाई रकेट इन्जिनहरूको आपूर्ति रोक्ने निर्णय गरेको हो ।

रुसी अन्तरिक्ष निकायका अध्यक्ष दिमित्री रोगोजिनले भनेका छन्, “यस्तो परिस्थितिमा हामी अमेरिकालाई विश्वकै सर्वोत्कृष्ट रकेट इन्जिनहरू आपूर्ति गर्न सक्दैनौँ । तिनीहरूलाई आफ्नै कुचोको लट्ठी प्रयोग गरेर उड्न दिऔँ ।"

मस्कले भनेका छन्, “भविष्यमा अमेरिकी कम्पनीहरू 'ब्ल्यु ओर्जिन' कम्पनीबाट निर्माण हुने यस्ता सर्वोत्कृष्ट इन्जिनबाट वञ्चित हुनेछन् । मलाई जहाँसम्म लाग्छ, एन्टारेसले पनि आरडी–१८० इन्जिन नै प्रयोग गर्दछ । अब नोथ्रोप ग्रम्मन कम्पनीले उत्पादन गर्ने दुई चरणको रकेट 'एन्टारेस' पनि इन्जिन प्रयोगबाट वञ्चित हुनेछ ।"

हालै बिजनेस इन्साइडरलाई अन्तरिक्ष उद्योगमा अन्तर्राष्ट्रिय सहयोगबारे अन्तर्वार्ता दिने क्रममा मस्कले जस्तै अन्तरिक्षयात्री पेग्गी व्हिटसनले पनि यस सम्बन्धमा चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ