२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता महेश बाबुका पिता कृष्ण घट्टमनेनी हृदयघातका कारण निधन

२९ कार्तिक २०७९, मंगलवार ०८:३२

कात्तिक २९ काठमाडौँ | दक्षिण भारतीय फिल्मका निर्देशक निर्माता एवं अभिनेता कृष्ण घट्टमनेनीको हृदयघातका कारण निधन भएको छ ।

उनी अभिनेता महेश बाबुका पिता समेत हुन् । कृष्णको मंगलबार बिहान ४ बजे अस्पतालमा निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएका कारण १४ नोभेम्बर अर्थात सोमबार हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था चिन्ताजनक रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


भारतीय सञ्चार माध्यमका अनुसार उनलाई सोमबार राती १ बजे आकस्मिक विभागमा ल्याइएको थियो र त्यसपछि हृदयघातका कारण उनको मृत्यु भएको हो ।अभिनेता महेशले २ महिनाअघि आमा गुमाएका थिए । कृष्णा एक प्रसिद्ध तेलुगु अभिनेता थिए। उनको जेठा छोरा रमेश बाबुको पनि लामो समयदेखि कलेजोको रोगले यस वर्ष जनवरीमा निधन भएको थियो ।

कृष्णले करिब ३ सय ५० फिल्ममा काम गरेका थिए । उनी आफ्नो समयका शीर्ष कलाकार मध्येका एक थिए । उनी अभिनेता, निर्माता, निर्देशकका अलावा राजनीतिज्ञ पनि थिए । उनलाई सन् २००९ मा पद्मभूषण पदकबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव