2026-08-22 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

चिकित्सकले मृत घोषणा गरेको १८ दिने शिशु जिवितै…

माघ ४, काठमाडौँ | विराटनगरको कोशी अस्पतालमा उपचार गर्न ल्याएका बच्चालाई डाक्टरले मृत घोषणा गरेपछि विवाद भएको छ । 

अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर उपचार गर्न ल्याएका नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि विवाद भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको जीवित नवजात शिशुलाई डाक्टर यादवले मृत घोषणा गरेपछि विवाद भएको छ । 

मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नवजात शिशुको तौल १ किलो ४०० ग्राम थियो । केही दिनपछि बच्चासहित उनी माइतमा बस्दै आएकी थिइन् । उनका पति दिलीप मुखिया एम्बुलेन्स चालक हुन् । दिलिप विराटनगरमै एम्बुलेन्स चलाउँछन् । 

बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले बिहान ८ बजे छोरीलाई कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए । उनीहरूले बच्चा लिएर आउँदा डा. आकाश यादवसहित अहेबहरू लक्ष्मण माझी र टीका भण्डारी आकस्मिक कक्षमा थिए । आकस्मिक कक्षमा चिकित्सक यादवले नवजात शिशुको स्वास्थ्य जाँच गरेका थिए । छोरीको स्वास्थ्य परीक्षण गरेपछि डाक्टरले मरिसकेको भनेर भनेको दिलीप मुखियाले बताए ।

डाक्टरले यति भनेको खबर सुनेपछि शिशुकी आमा उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी गर्न थाले । ‘मैले श्रीमतीलाई समात्न थाले । त्यही बीचचमा जेठानी दिदीले छोरीलाई बोक्नुभएको रहेछ । आकस्मिक कक्षको शैय्याबाट छोरीलाई बाहिर लिएर आउनुभयो । छोरीले हातखुट्टा हल्लाइन् । त्यसपछि थाहा भयो । जिउँदो मेरो छोरीलाई डाक्टरले मृत भनिदिएको रहेछ,’ दिलिपले भने, ‘विरामीको उपचारमा लापरवाही गर्ने यस्तो चिकित्सकलाई कडा कारवाही हुनुपर्दछ ।’ अहिले दिलिपले छोरीको उपचारको लागि कोशी अस्पतालदेखि एक सय मिटर दक्षिणमा रहेको गोल्डेन अस्पतालमा राखेर उपचार गर्दैछन् । छोरीलाई अहिले एनआइसियूमा राखेर उपचार सुरू गरिएको छ । ‘अहिले गोल्डेनमा हस्पिटलमा राखेर छोरीको उपचार सुरू गरेको छु,’ उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताउनुभएको छ दिलीप मुखियाले भने ।

जिउँदो नवजात शिशुलाई मृत घोषणा गरेको आरोप लगाउँदै डा. आकाश यादव माथि आक्रमण भएको छ । कुटपिटबाट डाक्टर यादवको टाउकोमा चोटपटक लागेको छ । चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलिप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए । ‘नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्न थिएन । सास पनि चलेको थिएन उपचारमा संलग्न चिकित्सकले भनेका छन् । त्यस विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि उपचारमा लापरबाही भएको पाइएपछि हस्पिटलले एक्सन लिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा