छुटाछुटै दुई ठाउमा सवारी दुर्घटना हुँदा २ को मृत्यु, दुई जना घाइते

Posted on: 11 Feb, 2023

माघ २८, काठमाडौँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग१ख ६३०७ नंको बसको ठक्करबाट विकको मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो । बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पाल्पाको पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाइ उपचारका लागि पाल्पा पठाइएको छ । ट्र्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!