४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

माओबादी पोलिटव्युरोमा १ नम्बर प्रदेशबाट १६ जना सदस्य चयन

२५ असार २०७९, शनिबार १६:३६


कमल घिमिरे। असार२५। पाँचथर, नेकपा( माओबादी केन्द्र) को सम्पन्न केन्द्रीय समिति को तेश्रो पूर्ण बैठकबाट पोलिटव्युरोमा १ नम्बर प्रदेशबाट १६ जना सदस्य चयन भएका छन् । 

प्रदेश १ संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मंत्री ईन्द्र आङ्वो (मौसम) सहित १६ जना सदस्य चयन भएका हुन् । 

 पाँचथरबाट प्रतिनिधित्व गर्ने आङ्वो सहित सो समितिमा झापाबाट राम कार्की (पार्थ) र धर्मशिला चापागाई (शिला), मोरङबाट साबित्रीकुमार काफ्ले,गोपिबहादुर अछामी, शिवकुमार मण्डल (शिव),भोजपुरबाट पदमबहादुर राई, सुदन किराँती(शिखर),अजम्वर काम्वाङ, खोटाङबाट रामकुमार राई (पासाङ्ग)र दुर्गा जयन्ति राई, सुनसरीबाट रामकुमारी चौधरी(रोजिना) र निर्मल बराल,धनकुटाबाट हेमराज भण्डारी(सुदर्शन) र  उदयपुरबाट सुरेश राई  रहनु भएको केन्द्रीय सदस्य सीता थेवे ले जानकारी दिनुभयो । 

 यसैबीच शनिबार सम्पन्न स्थायी कमिटीको प्रथम बैठकले ईन्चार्ज रहेका केन्द्रीय सदस्यको संयोजनमा प्रदेश पदाधिकारी र प्रदेशका केन्द्रीय सदस्य रहने गरि प्रदेश केन्द्र समन्वय  संयन्त्र बनाउने र सो संयन्त्र निर्वाचनसम्मका लागि हुने साथै भदौ मसान्त भित्र प्रदेश कमिटीहरुको बैठक र राजनीतिक प्रशिक्षण सम्पन्न गर्ने गरि कार्य योजना तय  भएको छ ।सोही बैठकले गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानवीन गर्न ३ सदस्यीय छानविन आयोग गठन गरिएको माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभाग सदस्य बिन्देश्वर खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ