१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पार्टीले सहयोग नगरे ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद श्रेष्ठको चेतावनी

२९ चैत्र २०७९, बुधबार ०५:३३

चैत २९, काठमाडौँ | रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले अप्ठेरो परेका बेला आफूलाई पार्टीले सहयोग गर्नुपर्ने बताएका छन् । उनले छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार पार्टीले कारबाही गरेर साधारण सदस्यसमेत नरहने अवस्था आएमा आफूले कोर टिमको खुलासा गरिदिने चेतावनी दिएका हुन् ।

सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको हुँदा पार्टीलाई सहयोग गर्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग उनले घुस मागेको अडियो सार्वजनिक भएपछि सो पार्टीले छानबिन समिति बनाएर ७२ घण्टाभित्र प्रतिवेदन सार्वजनिक गर्ने बताएको थियो ।

छानबिन समितिले श्रेष्ठसँग मंगलबार एकघण्टा बढी बयान लिएको थियो । बयानका क्रममा पहिले श्रेष्ठले आफ्नो भनाई नरहेको बताएका थिए ।

“कसैले क्यारिकेचर गरेर बनाएको भन्ने बयान थियो,” एक सदस्यले भने, “तर समितिमा पछि उहाँले गल्ती महसुस गर्दै आफूलाई फसाउन खोजिएको र यस्तो अप्ठेरो अवस्थामा पनि पार्टीले नजोगाए कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिनुभयो ।”

यसैबीच रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार कतिपय सदस्य बाहिर रहेका कारणले पनि बिहान बोलाइएको बैठकको समय सारिएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण