२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई करोड घुस प्रस्ताव गरेका दुर्गा प्रसाईंलाई हुनसक्छ जेल सजाय

२०७९, २९ चैत्र बुधबार ०९:२४

चैत २९, काठमाडौँ | रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ घूस मागेको अडिओ प्रकरणमा घूस दिन खोज्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं र घूस लिन दुरुत्साहन गर्ने रवि लामिछानेको ‘कोर टिम’लाई पनि कारबाही हुने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग घूस मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। जसमा सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि दुई करोड बुझाउनुपर्ने बताउँदै व्यवसायी प्रसाईंसँग घूस मागेका थिए। व्यवसायी प्रसाईंले पनि दुई करोड दिने कबूल गरेका थिए।

भ्रष्टाचार निवारण ऐनमा घूस लिने-दिने वा त्यसमा मञ्जुरी गर्ने दुवैलाई कारबाही हुने प्रावधान छ। ऐनको दफा ३ को उपदफा ३ मा घूस रिसवत दिनेलाई लिनेसरह नै कारबाही हुने व्यवस्था गरिएको छ।

अडिओमा व्यवसायी प्रसाईंले आफ्नो काम गरिदिनुपर्ने शर्तमा सांसद श्रेष्ठलाई कबोल रकम दिन राजी भएको बताएका छन्। यसको अर्थ प्रसाईंले आफ्ना लागि कुनै नाजायज काम गराउने शर्तसहित घूस खोजेको देखिन्छ।

ऐनको दफा ३ को (झ) मा एक करोड रुपैयाँभन्दा बढी घूस रिसवत लिनेदिने वा लिनदिन मञ्जुरी गर्नेलाई आठ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। यस हिसाबले घूस दिन राजी हुने व्यवसायी प्रसाईं पनि कानूनी कारबाहीको दायरमा तानिन्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना