चैत २९, काठमाडौँ | रास्वपा केन्द्रीय समिति बैठकमा सांसद ढाकाकुमार श्रेष्ठ पनि सहभागी भएका छन् ।
सांसद श्रेष्ठले घुस मागेको अडियो प्रकरणबारे उनलाई कारबाही गर्न बसेको रास्वपा केन्द्रीय समिति बैठकमा अभियोग लागेका श्रेष्ठ आफैं पनि सहभागी भएका हुन् ।
बैठकअघि रास्वपा सभापति रवि लामिछाने र श्रेष्ठबीच छुट्टै छलफल भएको बुझिएको छ ।