१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

श्रेष्ठ साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

३० चैत्र २०७९, बिहीबार ०६:०१

चैत ३०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले अडियोमा भएको आवाज श्रेष्ठकै रहेको ठहर गर्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो। उनलाई प्रतिनिधिसभा सदस्य पदबाट पनि हटाउने प्रक्रिया थाल्ने निर्णय भएको रास्वपाले जनाएको छ।

‘त्यो कुराकानी उहाँ (ढाकाकुमार श्रेष्ठ) ले नै गर्नुभएको हो। त्यसमा पैसा मागिएको छ,’ केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, ‘एउटा सांसदजस्तो सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै गलत हो। हामी जुन विधानमा बसेका छौं, त्यसले शून्य सहनशीलता मान्छ। कारबाही गर्न यथेष्ट प्रमाण छन्।’

श्रेष्ठलाई पार्टीभित्र पुनरावेदन गर्ने अवसर भने रहेको सभापति लामिछानेले बताए। ‘उहाँले चाहे पार्टीभित्रै पुनरावेदन गर्न सक्नुहुन्छ। पार्टीमा पुनरावेदन समिति छ, सो समितिको निर्णयमा सभापतिको चित्त बुझे पार्टीमा फर्किने अवसर छ,’ उनले भने। सांसद श्रेष्ठ अदालतबाट सफाइ पाएर आए पनि पार्टीमा फर्किन सक्ने उनले बताए। लामिछानेले भने, ‘अधिकार सम्पन्न निकाय र सम्मानित अदालतबाट ‘क्लिन चिट’ लिएर आए पार्टी विधान अनुसार निर्णय गर्न सकिन्छ।’ आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण