२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

श्रेष्ठ साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

२०७९, ३० चैत्र बिहीबार ०६:०१

चैत ३०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले अडियोमा भएको आवाज श्रेष्ठकै रहेको ठहर गर्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो। उनलाई प्रतिनिधिसभा सदस्य पदबाट पनि हटाउने प्रक्रिया थाल्ने निर्णय भएको रास्वपाले जनाएको छ।

‘त्यो कुराकानी उहाँ (ढाकाकुमार श्रेष्ठ) ले नै गर्नुभएको हो। त्यसमा पैसा मागिएको छ,’ केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, ‘एउटा सांसदजस्तो सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै गलत हो। हामी जुन विधानमा बसेका छौं, त्यसले शून्य सहनशीलता मान्छ। कारबाही गर्न यथेष्ट प्रमाण छन्।’

श्रेष्ठलाई पार्टीभित्र पुनरावेदन गर्ने अवसर भने रहेको सभापति लामिछानेले बताए। ‘उहाँले चाहे पार्टीभित्रै पुनरावेदन गर्न सक्नुहुन्छ। पार्टीमा पुनरावेदन समिति छ, सो समितिको निर्णयमा सभापतिको चित्त बुझे पार्टीमा फर्किने अवसर छ,’ उनले भने। सांसद श्रेष्ठ अदालतबाट सफाइ पाएर आए पनि पार्टीमा फर्किन सक्ने उनले बताए। लामिछानेले भने, ‘अधिकार सम्पन्न निकाय र सम्मानित अदालतबाट ‘क्लिन चिट’ लिएर आए पार्टी विधान अनुसार निर्णय गर्न सकिन्छ।’ आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना