१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

डिभोर्सको मुद्दा चल्दाचल्दै यौनशोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि पत्नीको अर्को जाहेरी

३० चैत्र २०७९, बिहीबार ०६:३१

चैत ३०, काठमाडौँ | न्यायपरिषद्का न्यायाधीश भुवन गिरीमाथि कान्छी पत्नी आरती रावलले अर्को जाहेरी दर्ता गरेकी छन् । उनले आफूमाथि श्रीमानले फेरि बलात्कार गरेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटीमा हिजो जाहेरी दिएकी हुन् ।

३९ वर्षीय रावलले यसअघि गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई जिल्ला अदालत कपिलवस्तुमार्फत पक्राउ पुर्जी जारी गरेको थियो ।

गिरीलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरी कपिलवस्तु पठाइसकेको छ । पक्राउ पुर्जी जारी भइसकेपछि पनि गिरीले आफ्नै कोठामा आएर बलात्कार गरेको भन्दै रावलले हिजो अर्को जाहेरी दिएकी हुन् ।

रावलले जाहेरीमा उल्लेख गरेअनुसार गिरीले उनलाई अस्ति फोन गरेर एकपटक जसरी पनि भेट्न आग्रह गरेका थिए । त्यसपछि उनीहरूको भेट सुन्धारास्थित काठमाडौं मलमा भएको थियो ।

भेटपश्चात आफ्नो मोबाइलसमेत कब्जामा लिएर गिरीले मुद्दा फिर्ता लिन दबाब दिएको रावलको आरोप छ । आफूले नमानेपछि पछ्याउँदै गोंगबुस्थित आफ्नो कोठामै आएको उनले बताएकी छन् ।

रावल अहिले गोंगबुमा कोठा भाडामा लिएर एक्लै बस्दै आएकी छन् । उनकै कोठामा गिरीले सोमबारको रात बिताएका थिए । त्यसक्रममा आफूलाई रातभर बलात्कार गरेको रावलले जाहेरीमा उल्लेख गरेकी छन् ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म ८ पटक बलात्कार गरेको उनको आरोप छ । भोलिपल्ट बिहान गोङ्गबु प्रहरीले कोठामै आएर गिरीलाई पक्राउ गरेको थियो ।

न्यायाधीश गिरीसँग आफ्नो विवाह २०७५ सालमा भएको तर आफूलाई केवल यौनदासीका रूपमा व्यवहार गरेको रावलको आरोप छ । विवाहपश्चात् आफ्नो गर्भ बसेपछि श्रीमानले गर्भपतन गर्न दबाब दिएको तर नमानेपछि कुटपिट गरेको उनले बताएकी छन् ।

कुटपिटबाट आफ्नो गर्भ खेर गएको उल्लेख गर्दै रावलले त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय धनगढीमा जाहेरी दिएको तर चौतर्फी दबाबपछि फिर्ता लिन बाध्य भएको उल्लेख गरेकी छन् ।

त्यसपश्चात् पनि श्रीमानबाट जबरजस्ती करणी, कुटपिट र यातना जारी रहेको भन्दै दोस्रो पटक उनले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी हुन् । उनको जाहेरीपछि न्यायाधीश गिरीले बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दिएका छन् । सो मुद्दा विचाराधीन छ ।

डिभोर्सको मुद्दा चलिसकेको अवस्थामा यदि श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेको खण्डमा त्यसलाई ‘वैवाहिक बलात्कार’ नभएर सिधै ‘बलात्कार’ मान्ने कानूनी व्यवस्था छ । त्यसमै टेकेर अहिले रावलले श्रीमानविरुद्ध बलात्कारको अर्को जाहेरी दिएकी हुन् ।

यता, गिरीले पनि रावलमाथि कुनै मुद्दा हाल्न बाँकी राखेका छैनन् । उनले आफ्नो कोठाबाट पैसा चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए भने बाँके जिल्ला अदालतमा रावलमाथि मानहानीसम्वन्धी सात वटा मुद्दा हालेका छन् ।

रावल न्यायाधीश गिरीकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीलाई अंश दिएपनि उनीसँग गिरीले सम्बन्धबिच्छेद गरेका छैनन् । जेठीपट्टीबाट गिरीका ४ सन्तान छन् । यस प्रकरणमा न्यायपरिषद्ले समेत गिरीमाथि छानबिन थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण