१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल

१ बैशाख २०८०, शुक्रबार ०२:१२

वैशाख १, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ । 

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहितको रोजगारी र आर्थिक समृद्धिका लागि नयाँ वर्ष २०८० उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभएको छ ।  मुलुकको राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।


“राष्ट्र निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सबै दलका बीचमा समन्वय र एउटै दृष्टिकोण हुनुपर्छ”, अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ । सामाजिक न्याय, समानता, समावेशी र सहभागितामूलक प्रतिनिधित्वका लागि अद्यावधिक निर्वाचनसहितको लोकतन्त्रको महत्व उल्लेख गर्दै सन्देशमा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सामाजिक तथा आर्थिक रुपान्तरणका माध्यमबाट जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

आफ्नो पार्टीले कम्युनिष्ट आन्दोलनमा मूलधारको नेतृत्व गर्दै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पार्टी क्रियाशील रहेको अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । नयाँ वर्षको सन्दर्भमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको उहाँले कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण