१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घरजग्गा र विहे नभएको म राजनीतिक सन्यासी हुँ, प्रदुषित राजनीति सफा गर्छु : गृहमन्त्री श्रेष्ठ

१ बैशाख २०८०, शुक्रबार ११:००

बैशाख १, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष सामूहिक धम्मपूजा कार्यक्रमलाई सम्बोधन गर्दै अहिले भइरहेको प्रदुषित राजनीति सफा गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन हुन ठुलो महत्वको बिषय त हो । तर, त्यो नै पर्याप्त छैन । राजनीतिक र व्यवस्था परिवर्तनलाई सदुपयोग गर्ने र सही दिशातर्फ लैजाने हो भने यो राजनीतिक व्यवस्थाको मर्म बुझ्ने व्यक्तित्वहरुले नेतृत्व गर्नुपर्छ । र आजको प्रदुषित राजनीतिलाई सफा गर्नुपर्छ ।’

उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्यासीको रुपमा तुलना गरे ।

उनले भने, ‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो । राजनीति चाहिँ फोहोरिहरुलाई छाड्दिने अनि देश चाहिँ सफा होस् भन्ने हुँदैन । मेरो विचार म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु। मेरो कुनै आफ्नो जमिन भन्ने छैन । आफ्नो घर र व्यक्तिगत सम्पत्ति छैन । तपाईंहरु सबैलाई थाहा छ म विवाहित पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण