२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सत्ता गठबन्धनमा सीके राउतको ‘च्याप्टर क्लोज’

२०८०, १ बैशाख शुक्रबार १२:०८

बैशाख १, काठमाडौँ | डा. सीके राउत नेतृत्वको जनमत पार्टीका लागि सत्ता सहकार्य र गठबन्धन यात्राको ‘च्याप्टर क्लोज’ भएको छ । जनमत पार्टीले संघीय सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएको थियो । तर मन्त्रालयमा चित्त नबुझेका कारण सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमै फर्काउन प्रयास गरिरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालय अब कांग्रेसले लिने भएपछि जनमतका लागि सत्ता यात्रा र गठबन्धनको यात्रा बन्द भएको छ ।

जनमत पार्टी पनि विकाससँग सम्बन्धित मन्त्रालय पाए सरकारमा जाने मनस्थितिमा थियो । तर, चाहेजस्तो मन्त्रालय नपाएपछि सो पार्टी सरकारबाट बाहिरिएको हो ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले सरकारमा जाने आफूहरुको कुनै तयारी नरहेको बताए । उनले आफ्नो पार्टीले काम गर्ने मन्त्रालय नपाएको कारण सरकारबाट बाहिरिएको बताए । उनले भने, ‘फेरि त्यही मन्त्रालय दिइयो भने जाने कुरा हुँदैन, अरु मन्त्रालय दिएमा जाने कि नजाने भन्नेबारे पार्टीमा छलफल भएर मात्र कुरा अगाडि बढ्छ तर तत्काल सरकारमा फर्किने अवस्था छैन ।’

प्रधानमन्त्री प्रचण्डसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । तीमध्ये वन मन्त्रालय जसपाको भागमा परेको छ भने बाँकी पाँच वटा मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना