१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : नेम्वाङ

२ बैशाख २०८०, शनिबार ०९:००

बैशाख २, काठमाडौँ | संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताउनुभएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गर्नुभएको मुख्य भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

अध्यक्ष नेम्वाङले भन्नुभयो, “लामो युद्ध समाप्त गर्न तपाईँको उत्कृष्ट प्रयासको हामी प्रशंसा गर्दछौँ ।”शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याएकामा प्रोत्साहनस्वरुप सन् २०१६ मा राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सरकार र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) लगायत विभिन्न सशस्त्र समूहबीचको ५० वर्षभन्दा लामो सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो । नेपालले पनि १० वर्ष लामो सशस्त्र सङ्घर्ष सन् २००६ मा शान्ति सम्झौतामार्फत अन्त्य भएको प्रसङ्ग जोड्दै अध्यक्ष नेम्वाङले त्यसपछि नेपाल थप दिगो शान्तितर्फ उन्मुख भएको बताउनुभयो ।

शान्ति प्रक्रियाको आधारभूमिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, समावेशी लोकतान्त्रिक प्रावधान र प्रगतिशील विषयवस्तुसहितको नयाँ संविधान जारी भएको छ । त्यस्तै पूर्वलडाकुको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको छ । नेम्वाङले भन्नुभयो, “नेपाली जनताले मलाई संविधान निर्माण गर्ने दुवै संविधानसभाको अध्यक्षता गर्ने ऐतिहासिक अवसर प्रदान गरेकामा म प्रशन्नता व्यक्त गर्दछु ।”

नेपालको सङ्क्रमणकालीन न्यायका केही काम बाँकी रहेकाले त्यसलाई तार्किक निष्कर्षमा पु¥याउन आफूहरू प्रयासरत रहेको उहाँको भनाइ थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थामा छ । उहाँले नेपाली शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि स्वीस सरकार र बोगोटास्थित स्वीस दूतावासलाई स्वागत समारोहको आयोजना गरेकामा विशेष धन्यवाद दिनुभयो ।

नेपाली प्रतिनिधिमण्डलका नेतासमेत रहनुभएका अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभव नेपालका लागि पनि सान्दर्भिक हुने बताउनुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलले कोलम्बियाका तत्कालीन सशस्त्र विद्रोही समूहका प्रमुख रोड्रिगो लोन्डोनो, शान्तिका लागि विशेष अदालतका अध्यक्ष रोबर्टो कार्लोस भिडाल, शान्ति प्रक्रियामा विशेष भूमिका खेल्ने पूर्वमन्त्री क्रिस्टो र विभिन्न पीडितसँग भेटवार्ता गरी अन्तक्र्रिया गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा नेम्वाङसहित नेताहरू प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा, नेपाली सेनाका रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी हुनुहुन्छ । सोमबार कोलम्बिया गएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स