२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘जारी’ले दुई दिनमै ४ करोड बढी कमायो, अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शनमा

२०८०, ३ बैशाख आईतवार ०६:०८

बैशाख ३, काठमाडौँ | फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । नयाँ वर्षको दिन शुक्रबार प्रदर्शनमा आएको फिल्मको पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ ग्रस हाराहारी रह्यो । दोस्रो दिन शनिबारको कमाइ पनि दुई करोडभन्दा माथि छ ।

पहिलो सप्ताहन्त अर्थात दुई दिनमै फिल्मको कुल कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि रह्यो । काठमाडौंसहित विशेषगरी पूर्वी सहरका हलहरु शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आए । यसबाहेक पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्ज लगायतका सहरमा पनि फिल्मको ओपनिङ आक्रामक रह्यो ।


तेस्रो दिन आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्सको अकुपेन्सी उच्च छ । विशेषगरी लिम्बू समुदाय बहुल क्षेत्रका हलले राति ११ बजेसम्मका शो पनि देखाइरहेका छन् । सकारात्मक फिल्म समीक्षा, ट्रेलरबाट प्राप्त प्रतिक्रिया, दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले ‘जारी’लाई फाइदा पुग्यो ।

बलियो वर्ड अफ माउथ भएकाले ‘जारी’ विकडेजमा पनि सन्तोषजनक अकुपेन्सीसहित प्रदर्शन हुने देखिएको छ । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले पूर्वी नेपालको लिम्बू समुदायमा रहेको जारी प्रथाको चलनलाई दृश्यभाषाको रुप दिएको छ । विजय बराल, प्रेम सुब्बा, रोयदीप लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।

‘जारी’ चल्दा दयाहाङ अभिनित अर्को फिल्म ‘बिहेपास’लाई पनि बक्स अफिसमा फाइदा पुगेको छ । दयाहाङ र प्रकृति श्रेष्ठ स्टारर फिल्मले पनि सन्तोषजनक कमाइ गरिरहेको छ । नयाँ वर्षमै रिलिज भएको अर्को फिल्म ‘बुलाकी’ले आफूलाई बक्स अफिसमा स्थापित गराउन सकेन । स्वदेशमा उत्कृष्ट कमाइ गरिरहेको जारी अमेरिका, युरोप र अष्ट्रेलियामा वैशाख १ गतेदेखि नै प्रदर्शनमा आइरहेको छ ।

‘विदेशबाट निकै राम्रो रेस्पोन्स आइरहेको छ । त्यहाँका वितरकले फिल्म लामै समय जाने बताइरहनुभएको छ,’ निर्माता रामबाबु गुरुङले अनलाइनखबरसँग भने । फिल्म केही दिनमा क्यानडामा रिलिज हुँदैछ भने अर्को साता हङकङ, बेलायत र मध्यपूर्वका देशमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना