मधेश सरकार बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएको रास्वपा सांसद झाको आरोप

Posted on: 16 Apr, 2023

बैशाख ३, काठमाडौँ | राष्ट्रिय स्वतत्त्र पार्टी(रास्वपा) सांसद मनिष झाले मधेश प्रदेश सरकार नै बारा २ को उपनिर्वाचनमा केन्द्रीत भएकोप्रति निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका हुन्।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रदेश सभामा जाँदा केहीपनि नभेटिएको बताए।

उनले भने, ‘ वैशाख १० को उपनिर्वाचनमा मधेश प्रदेशको सरकार बारा २ को निर्वाचन क्षेत्रमा केन्द्रित छ। प्रदेशसभामा जाँदा मुख्यमन्त्रीदेखि कोही भेटिदैनन्। निर्वाचन आचारसंहित र ऐनअनुसार यस्तो गर्न पाइँदैन। तर, किन हुँदैछ? निर्वाचन लोकतन्त्रको आधारभूत सिद्धान्त हो भने लोकतन्त्रको आधार सिद्धान्त कानुनी शासन पनि हो। त्यसलाई ध्यान दिइयोस्। निर्वाचन आयोगको ध्यान केन्द्रित होस्।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!