२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्ड हराएको सूचना पढ्दै एमाले सांसदको व्यग्यः फेला पार्नेले संसदमा बुझाइदिनुहोला !

२०८०, ३ बैशाख आईतवार ०८:३४

बैशाख ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा आउन छाडेको भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बैठकमै प्रचण्ड हराएको सूचना सुनाएका छन् । 

आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद पन्तले व्यंग्यात्मक शैलीमा प्रचण्ड हराएको सूचना सुनाउँदै फेला पार्नेले संसद् भवनमा बुझाइदिनु भनेर ठट्टा गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका रघुजी पन्त संसदीय व्यवस्था बुझेका पाका सांसद मानिन्छन् । 

सांसद पन्तले यसरी गरे व्यग्यः 

नागरिकताको नामः श्री पुष्पकमल दाहाल ।

चलनचल्तीको नामः प्रचण्ड 

स्थायी ठेगानाः फेरिइरहने 

अस्थायी ठेगानाः कहिले बालुवाटार, केहिले खुमलटार 

हुलियाः पहिले कोट पाइन्ट लगाउने, अहिले दौरा सुरुवाल र टोपी पनि लगाउने ।

उमेर: ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । 

उहाँ केही दिनअगाडि प्रतिनिधि सभा बैठकका झुलुक्क देखिएर हाल संसदमा आउनै छाडेकाले उहाँलाई फेला पर्नु हुने व्यक्तिले संसद् भवनमा बुझाइदिनु होला । 

अन्तिमपटक देखिएको स्थान बालुवाटारको छेउछाउ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना