बैशाख ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठै पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएकाे छ । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।
आठौं पटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ।