१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुशासन र समृद्धि मूल लक्ष्य : सभापति लामिछाने

३ बैशाख २०८०, आईतवार १२:२०

बैशाख ३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताउनुभएको छ । तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो । 

“देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छाँै, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” उहाँले भन्नुभयो । सभापति लामिछानेले योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्ने दाबी गर्नुभयो । 

देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ । भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशयी बनाउँछ । यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छाँै ।” 


सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप लगाइएको बताउनुभयो । पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ थियो । मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेरे बोलेका कुरा पूरा गरेको लामिछानेले बताउनुभयो ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मूल कार्यसूची लिएर चुनावी मैदानमा उत्रिएको बताउनुभयो । डा वाग्लेले जिल्लामा विकासका आयोजनाको काम सुरु भए पनि अलपत्र अवस्थामा रहेकाले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले देशलाई समृद्धि बनाउने अभियानसहित रास्वपाको उदय भएको बताउनुभयो । काठमाडौँ–८ का प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले निर्वाचनका बेला जनता लोभमा प्रभावित हुन नहुने बताउनुभयो । 

काठमाडौँ–६ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिशिर खनालले विदेशमा पढेर आएकाहरु राजनीतिमा आउनहुन्न भन्ने गलत भ्रम फैलाइएको बताउनुभयो । काठमाडौँ–२ का प्रतिनिधिसभा सदस्य सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टीका रुपमा विकास भएको बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले विश्वले चिनेको स्वर्णिम वाग्लेलाई आज संसद्ले खोजेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण