१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट हुने

३ बैशाख २०८०, आईतवार १२:२७

बैशाख ३, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुने भएको छ । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका छन् । ‘हाम्रो राजदूतले कुरा गर्नुभयो । राष्ट्रपतिजीको बेलायत भ्रमण हुने पक्का भयो । तर मिति भने तय भएको छैन,’ राष्ट्रपतिका एकजना सल्लाहकारले भने ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेल बेलायती राजाको राज्याभिषेकमा सहभागी हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। राज्याभिषेक आगामी मे ६ तारिख अर्थात् वैशाख २३ गते हुँदैछ। राष्ट्रपतिका ती सल्लाहकारका अनुसार राष्ट्रपति पौडेल वैशाख २१ मा बेलायत जाने तयारी छ । बेलायती सञ्चारमाध्यमकाअनुसार राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । 

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकको निमन्त्रणापत्रमा क्यामिलालाई रानीको दर्जा दिइएको छ। उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन्। राज्याभिषेक समारोहमा भौतिक रूपमा उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्।

बकिङघम राजप्रसादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण