१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतको महाराष्ट्रमा एक कार्यक्रममा उपस्थित भएकाहरुलाई लू लाग्दा ११ जनाको मृत्यु

४ बैशाख २०८०, सोमबार ०५:१६

बैशाख ४, काठमाडौँ | भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ। शनिबार महाराष्ट्रको नयाँ मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारले सम्मान गर्ने कार्यक्रममा जम्मा भएका मानिसहरु गर्मीका कारण अस्पताल भर्ना भएका थिए। 

नयाँ मुम्बईको खारघरमा आयोजित कार्यक्रममा मानिसहरु ठूलो संख्यामा उपस्थित थिए। नयाँ मुम्बईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यही कारण केही मानिसलाई लू लागेको थियो। 

हिट स्ट्रोकबाट पीडित मानिसहरुलाई अस्पताल लगिएको थियो। यसरी  लू लागेकामध्ये ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो। २४ जनालाई उपचारपछि घर पठाइएको छ। 

मुख्यमन्त्री एकनाथ शिन्दे कामोठेको एमजीएम अस्पतालम उपचारत मानिसहरुको स्वास्थ्य अवस्था वुझ्न पुगेका थिए।  उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले एक ट्विट गर्दै उक्त घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्। 

‘यो एक  दुर्भाग्यपूर्ण र दर्दनाक दुर्घटना हो। महाराष्ट्र भूषण पुरस्कार समारोहमा भाग लिएका केही सदस्यहरुको लू लागेका कारण मृत्यु भएको छ,’ उनले लेखेका छन्, ‘म सम्पूर्णप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु। हामी उनीहरुका परिवारको दु:खमा सहभागी छौं।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर आजको मौसम : पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ?