२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारतको महाराष्ट्रमा एक कार्यक्रममा उपस्थित भएकाहरुलाई लू लाग्दा ११ जनाको मृत्यु

२०८०, ४ बैशाख सोमबार ०५:१६

बैशाख ४, काठमाडौँ | भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ। शनिबार महाराष्ट्रको नयाँ मुम्बईमा वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारले सम्मान गर्ने कार्यक्रममा जम्मा भएका मानिसहरु गर्मीका कारण अस्पताल भर्ना भएका थिए। 

नयाँ मुम्बईको खारघरमा आयोजित कार्यक्रममा मानिसहरु ठूलो संख्यामा उपस्थित थिए। नयाँ मुम्बईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यही कारण केही मानिसलाई लू लागेको थियो। 

हिट स्ट्रोकबाट पीडित मानिसहरुलाई अस्पताल लगिएको थियो। यसरी  लू लागेकामध्ये ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो। २४ जनालाई उपचारपछि घर पठाइएको छ। 

मुख्यमन्त्री एकनाथ शिन्दे कामोठेको एमजीएम अस्पतालम उपचारत मानिसहरुको स्वास्थ्य अवस्था वुझ्न पुगेका थिए।  उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले एक ट्विट गर्दै उक्त घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्। 

‘यो एक  दुर्भाग्यपूर्ण र दर्दनाक दुर्घटना हो। महाराष्ट्र भूषण पुरस्कार समारोहमा भाग लिएका केही सदस्यहरुको लू लागेका कारण मृत्यु भएको छ,’ उनले लेखेका छन्, ‘म सम्पूर्णप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु। हामी उनीहरुका परिवारको दु:खमा सहभागी छौं।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा