रविका चालक छतबाट खसेपछि सँगै सुतेका मुकुल ढकालका चालक नियन्त्रणमा

Posted on: 17 Apr, 2023

बैशाख ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक छतबाट खसेको घटनामा सोही पार्टीका महामन्त्री मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका ११ स्थित घरमा रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा छतबाट खसेका थिए। उनको अवस्था गम्भीर रहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन्। 

सँगै सुतेका रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको कार्कीले बताए। 

'उनीहरू राति २ बजेसम्म पनि नसुतेको पाइएको छ, तीनतले घरमा रहेको सीसीक्यामेरामा आधा भागबाट मात्रै कभर भएको छ,' उनले भने, 'दिलबहादुर खस्दै गरेको देखिन्छ। भुइँमा रहेको गमलामा उनको टाउको बजारिएको देखिन्छ। अवस्था गम्भीर छ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!