१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उँधोमुन्टो खसेका थिए रविका चालक, आत्महत्या नभएको अनुमान

४ बैशाख २०८०, सोमबार ०६:५४

बैशाख ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको तेस्रो तल्लाबाट खसेको सीसीटीभी फुटेज बाहिरिएको छ । फुटेजमा हेर्दा उनी उँधोमुन्टो (टाउको तल र खुट्टा माथि) भएर खसेको देखिन्छ ।

सीसीटीभी फुटेजका आधारमा शम्भु भनिने दिलबहादुर थापाले आत्महत्या गरेको नहुन सक्ने प्रहरीले आँकलन गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

हिजो रवि लामिछानेसहितको टीम तनहुँमा आयोजित कार्यक्रममा भाग लिन गएका थिए । उनीहरू फर्किँदा राति करिब ११ बजेको थियो । राति करिब १ बजेतिर सबैजना सुतेका थिए । प्रहरीका अनुसार बिहान करिब साढे १ बजे घटना भएको हो ।

खसेलगत्तै दुई व्यक्तिहरू घटनास्थलमा देखिएका छन् । उनीहरूमध्ये एकजना सो घरमा राखिएका निजी सेक्युरिटी र अर्का प्रहरी थिए । त्यसलगत्तै तेस्रो व्यक्ति पनि त्यहाँ आउँछन् । सबैले मिलेर घाइते अवस्थामा रहेका थापालाई उठाउँछन् ।

घटनापछि प्रहरीले छतमाथि पुगेर निरीक्षण गरेका थिए । प्रहरी छतमा पुग्दा डा. मुकुल ढकालका ड्राइभर भने निदाइरहेकै अवस्थामा भेटिएको स्रोतले बतायो । डा. ढकाल भने राति होटलमा सुतेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण