१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

व्यक्ति चिन्नुभयो, चितवनलाई फेरि कुनै व्यक्तिको परीक्षण हुने ठाउँ हुन नदिनुस्– गगन थापा

४ बैशाख २०८०, सोमबार ०८:३८

बैशाख ४, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकरिझ्याइको कुरा गर्नेबाट प्रभावित भएर चितवनलाई राजनीतिक परीक्षणको ठाउँ नबनाउन आग्रह गरेका छन् । रवि लामिछानेको नामै नलिइ गगनले पाँच महिनामा जनताले चिनिसकेको र प्रत्येक दिन नयाँ नयाँ कुरा आउने टिप्पणी गरे । 

सोमवार चितवनको कालिका नगरपालिकामा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठको चुनावी सभामा पुगेर गगनले विगतको कुरा बिर्सेर उपनिर्वाचनमा कांग्रेसलाई भोट दिन आग्रह गरेका हुन् । 

‘चितवनलाई कुनै व्यक्तिको परीक्षण हुने ठाउँ हुन नदिनुस । तपाईंको सुझबुझले नेपालको राजनीतिलाई मार्गनिर्देश गर्नेछ’ थापाले भने । 

केन्द्र र प्रदेशमा कांग्रेस–माओवादीको सरकार रहेको र यही गठबन्धन पाँचवर्ष चल्ने भन्दै थापाले चितवनमा बजेटको कमी हुन नदिने बताए । 

‘५ वर्ष यही सरकार रहन्छ । केन्द्र सरकार हाम्रै छ, बागमतीको सरकारमा कांग्रेस छ र चितवनकी मेयर हाम्रो हुनुहुन्छ । प्रधानमन्त्रीसँग टेबल ठोक्न सक्नेलाई तपाईंले संसदमा किन नपठाउने ?’ थापाले भने । 

गगनले बाहिर कांग्रेस हुँ भन्दै हिड्ने र भित्र दायाँबायाँ गर्ने छुट काग्रेस कार्यकर्तालाई नभएको बताए । ‘कांग्रेसको एकजना साथीले पनि दायाँबायाँ तलमाथि नगर्नुस्, खुलेर कतै लाग्नु भएको छ भने तपाईंको निर्णय भयो । बाहिर रुख रुख भन्ने, भित्र तलमाथि गरेमा कसैले नदेखेपनि मनभित्रको हरिले देख्नेछ’ थापाले भने । 

कार्यक्रममा भरतपुर महानगरकी मेयर एवं माओवादी नेता रेनु दाहालले मूलधारका दलले नै चितवनको विकास गर्ने भन्दै आवेगमा आएर भोट खेर नफाल्न आग्रह गरिन् । वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारको प्रचारका लागि कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा चितवन पुगेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण