१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिड्नीलाई उछिनेर मेलबर्न बन्यो अष्ट्रेलियाको ठूलो शहर

४ बैशाख २०८०, सोमबार ०८:५१

बैशाख ४, काठमाडौँ | सिड्नीलाई उछिन्दै मेलबर्न जनसंख्याको हिसाबमा अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर बनेको छ । यसअघि सिड्नी झण्डै १०० वर्षसम्म अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरका रुपमा रहेको थियो ।

तर अब सिड्नीलाई पछि पार्दै भिक्टोरिया राज्यको राजधानी मेलबर्न धेरै जनसंख्या भएको अष्ट्रेलियाको शहर बनेको हो । मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० छ जुन सिड्नीको भन्दा १८ हजार ७०० धेरै हो ।


बीबीसीका अनुसार मेलबर्न शहरको किनारी क्षेत्रमा बसोबास बढ्दै गएपछि मेल्टनसहित आसपासका साना शहरलाई गाभिएपछि मेलबर्न धेरै जनसंख्या भएको शहर बनेको हो ।

अष्ट्रेलियाको जनसंख्या ब्युरो एबीएसले यातायात सञ्जालमा जोडिएका नजिकैका १० हजार भन्दा बढी जनसंख्या भएका ससाना नगरलाई पनि मुख्यशहरकै रुपमा राख्ने गर्छ ।

मेलबर्नको मुख्य शहरलाई ग्रेटर मेलबर्न भनिन्छ । ग्रेटर मेलबर्नले सन् २०३१–२०३२ मा ग्रेटर सिड्नीलाई उछिन्ने अनुमान भिक्टोरिया राज्य सरकारको छ । सिड्नीको तुलनामा राम्रो शिक्षा र रोजगारी पाउने भएकाले मेलबर्न आप्रवासीहरुको रोजाइमा पर्ने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण