१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जहाज उडाइरहेको समयमा पाइलट निलम्बन गरेपछि निगमका कार्यकारी अध्यक्षलाई सोधियो स्पष्टीकरण

४ बैशाख २०८०, सोमबार ०९:१५

बैशाख ४, काठमाडौँ | नेपाल वायुसेवा निगमको न्यारोबडी विमान गत मंगलबार हङकङबाट काठमाडौं आउँदै थियो । १ सय ३० जना यात्रु राखेर हङकङबाट बेलुकीपख उडेको आरए–४१० उडान नम्बरको न्यारोबडी विमानको हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेपछि रुट थियो चीन, बर्मा, बंगलादेश, भारत हुँदै नेपाल । विमान उडाइरहेका थिए क्याप्टेन रविन्द्र शेरचन र कोपाइलट प्रचण्ड खड्का ।

३४ हजार फिटमाथि उडिरहेको जहाजका क्याप्टेन रविन्द्र शेरचनलाई यता काठमाडौंमा निगमले निलम्बन गर्‍यो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन शेरचनलाई मंगलबार बेलुकी ७ बजेर ८ मिनेटमा एउटा इमेल पठाए, जसमा उनलाई ‘अनिश्चितकालका लागि निलम्बन गरिएको’ लेखिएको थियो ।


अध्यक्ष अधिकारीले चैत १८ गते काठमाडौंबाट दुबई उड्नुपर्ने वाइडबडी विमानमा कोपाइलट अभावपछि अर्को जगेडा कोपाइलट व्यवस्थापन गर्न नसकेको कारण देखाउँदै शेरचनलाई निलम्बनको पत्र इमेलबाट पठाएका थिए । ककपिट तथा क्याबिन क्रुको अपरेसन विभागको जिम्मेवारीसमेत लिएका शेरचनलाई अध्यक्षले दुबई उडान रद्द हुनुको कारणबारे अध्ययन गर्न गठन गरिएको उपसमितिको प्रारम्भिक प्रतिवेदनको हवाला दिँदै थप जाँचबुझ गर्नुपर्ने देखिएकाले निगमको कर्मचारी सेवा सर्तसम्बन्धी विनियममा टेकेर तत्कालै लागू हुने गरी निलम्बन गरेका थिए ।

क्याप्टेन शेरचनले ५ घन्टापछि मंगलबार राति १ बजेर २१ मिनेटमा जब जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि मात्र निलम्बनमा परेको जानकारी पाए ।

यसै विषयमा आइतबार नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले उक्त उडानको प्रमुख वायुयान चालक (पाइलट इन कमान्ड) लाई निलम्बन गर्दा उडानमै रहेकाले उडान सुरक्षामा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा निगमका अध्यक्षले राख्न नसकेको भनेको छ । प्राधिकरणले यसरी उडिरहेको क्याप्टेनलाई निलम्बन गर्दा उक्त उडानमै प्रश्न गर्न सकिने भनी तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

यसैबीच प्राधिकरणले निगमको एकाउन्टेबल म्यानेजरका हैसियतले कार्यकारी अध्यक्षलाई दायित्व पूरा गर्न नसकेको भनी योसहित तीनवटा विषयमा तीन दिनभित्र आधार खुलाई स्पष्ट पार्न भनेको छ ।

अधिकारीलाई फागुन २४ गते र्‍याम्प जाकेट र परिचयपत्र नलगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरसाइडमा पुगेको विषयमा सुरक्षा कक्षा लिई चैत २० गते 'एक साताभित्र प्रमाणपत्र पेस गर्न भनेकोमा हालसम्म किन नगरेको ?' भनी पुनः स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, क्याप्टेन उद्धव घिमिरेलाई अपरेसन विभागको निर्देशकमा ‘फ्लाइट अपरेसन्स रिक्वाइर्मेन्ट एरोप्लेन’ को प्रावधान उल्लंघन गरी नियुक्ति दिइएकाले स्पष्ट पार्न भनेको छ ।

प्राधिकरणले स्पष्टीकरण कानुनसम्मत नभए अध्यक्ष अधिकारीलाई नियमनकारी निकायले दिएको ‘एकाउन्टेबल म्यानेजर’ पद हटाउन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण