रवि लामिछानेको आग्रह- यस्तो बेला नुन चुक बोकेर नआउनु होला

Posted on: 17 Apr, 2023

बैशाख ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन् ।

सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला । सक्नु हुन्छ भने मलाई सहने शक्तिमात्रै दिनुहोला ।’

रविले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अवस्था बिहानको भन्दा सुधारिएको भन्ने जानकारी पाएको उल्लेख गरेका छन् । सोमबार बिहान चितवनस्थित रविको घरमा सुतिरहेका उनका ड्राइभर सिन्धुपाल्चोकको बाह्रबिसेका शम्भु थापा अढाई तलाको घरको छतबाट भुइँमा खसेका थिए । दुर्घटना, आत्महत्या प्रयास वा हत्या प्रयास के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रवि उपनिर्वाचनको तयारीमा लागि चितवनमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!